शनिबार, कार्तिक १०, २०८१

सुर्खेतमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु

  
कर्णाली टाइम्स आइतवार, माघ २५, २०७७


सुर्खेत । सुर्खेतमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । आइतबार बिहान वीरेन्द्रनगर–६ का ६१ बर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार उनलाई १५ गते कोरोना संक्रमण पुष्टी भएको थियो । १८ गते कर्णाली प्रदेश अस्पतालको आईसीयु कक्षमा भर्ना गरिएको महाशाखाले जनाएको छ ।
यसअघि पनि उनलाई उच्च रक्तचाप, मधुमेह तथा मुटु सम्बन्धी रोग रहेको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको समन्वयमा नेपाली सेनाले उनको शव व्यवस्थापन गरिरहेको उनले जानकारी दिए ।

योसँगै कर्णाली प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।