शनिबार, कार्तिक १०, २०८१

बढुवा भएका ४६ डिएसपीको पदस्थापना

  
कर्णाली टाइम्स शनिबार, फागुन ८, २०७७

सुर्खेत । प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षकबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) मा बढुवा भएका ४६ प्रहरीको पदस्थापन गरेको छ। शुक्रबार प्रहरी प्रधान कार्यालयले डिएसपीलाई पदस्थापन गरेको हो।

चिरञ्जीवी दाहालको राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबारमा, रमेश बोहराको नेपाल प्रहरी शिक्षालय भरतपुर, प्रशासन शाखामा, भोलाकुमार भट्टको इलाका प्रहरी कार्यालय नवलपुर, पूर्वी नवलपरासीमा पदस्थापन भएको छ।

यस्तै सुरज कार्कीको नेपाल प्रहरी विशेष सुरक्षा गण,सुर्खेत, तर्कराज पाण्डेको काठमाडौं उपत्यका प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा रानीपोखरीमा भएको छ।