शुक्रबार, बैशाख २१, २०८१

लागुऔषधसहित दुई जना पक्राउ

  
कर्णाली टाइम्स बिहीबार, चैत्र १२, २०७७


सुर्खेत । लागु औषधसहित रुकुम पश्चिमा दुईजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटले विशेष सूचनाका आधारमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३ का २१ बर्षीय एङ्गेश बस्नेत र २२ बर्षीय सञ्चित रानालाई पक्राउ गरेको हो ।
मंगलबार राति लु ६२ प ०६८५ नम्बरको मोटरसाईकलमा नेपालगञ्जदेखि जाजरकोट आउँदै गरेको उनीहरुलाई जाजरकोटको भेरी नगरपालिका–११ मटेला बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
उक्त ठाउँमा मोटरसाईकल पार्किङ गरी होटलमा बसिरहेको अवस्थामा पक्राउ गरिएको हो । उनीहरुले बोकेका झोलाहरुबाट ‘निट्राजेपामा’ र ‘ट्रमाडोल हाईड्रोक्लोराइड’ नाम लेखिएका ९७९ वटा लागु औषध ट्याव्लेट बराम्द गरिएको छ ।
पक्राउ परेका उनीहरुलाई अदालतको आदेश अनुसार म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।