शनिबार, बैशाख २२, २०८१

राधा पौडेल फाउण्डेशनद्वारा अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

  
कर्णाली टाइम्स शनिबार, जेष्ठ ८, २०७८
राधा पौडेल फाउण्डेशनद्वारा प्राप्त स्वास्थ्य सामग्री हस्तान्तरण गरिँदै । तस्विर : कर्णालीटाईम्स

सुर्खेत । राधा पौडेल फाउण्डेशनले कर्णाली प्रदेश अस्पताल र वीरेन्द्रनगर नगर अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । प्रदेश अस्पतलाका निर्देशक डा. डम्बर खड्का र वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीलाई फाउण्डेशनको तर्फबाट स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
६ वटा कन्सन्ट्रेटर, २० वटा पिपीई सेट, १० वटा अक्सिमिटर, १०० वटा फेस शिल्ड, महिला स्वास्थ्यकर्मीका लागि सेनेटरी प्याड लगायतका सामग्री दुईवटा अस्पाललाई दिईएको हो ।
जसमध्ये प्रदेश अस्पताललाई ४ वटा अक्सिजन कन्सन्ट्रेटर, १० वटा पिपीई सेट, ५ वटा अक्सिमिटर, ५० वटा फेसशिल्ड सहयोग गरिएको छ । यस्तै २ वटा कन्सन्ट्रेटर, १० वटा पिपीई सेट, ५ वटा अक्सिमिटर र ५० वटा फेसशिल्ड सहयोग गरिएको छ ।
महामारीका बेला आ–आफ्नो तर्फबाट गर्न सकिने सहयोगमध्ये फाउण्डेशनले गरेको उक्त सहयोगले कोभिडविरुद्ध लडिरहेका बिरामी र स्वास्थ्यकर्मीहरुका लागि थोरै भएपनि राहत हुने अपेक्षा गरिएको फाउण्डेशनका प्रतिनिधि नगेन्द्र उपाध्यायले बताए ।
मदन पुरस्कार पाएको कृति ‘खलंगामा हमला’की लेखिका राधा पौडेलले स्थापना गरेको यो फाउण्डेशनले अहिले विभिन्न क्षेत्रका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग गरिरहेको उनले बताए ।