शनिबार, बैशाख २२, २०८१

नेपाल टेलिकमले स्वास्थ्यकर्मीलाई निःशुल्क मोबाइल फोन सेवा दिने

  
कर्णाली टाइम्स सोमवार, जेष्ठ १०, २०७८

सुर्खेत । नेपाल टेलिकमले स्वास्थ्यकर्मीका लागि निःशुल्क भ्वाइस् कल उपलब्ध गराउने भएको छ । कोरोना महामारीमाको समयमा फ्रन्टलाइनमा खटेर बिरामीको सेवामा दिनरात खटिने चिकित्सक, नर्स, फार्मेसिष्टलगायत सबै स्वास्थ्यकर्मीहरुलाई हौसला दिनको लागि नेपाल टेलिकमले ‘धन्यवाद स्वास्थ्यकर्मी अफर’ उपलब्ध गराउने भएको हो ।
देशभरका स्वास्थ्यकर्मीले यो अफर प्रयोग गर्न पाउने भएका छन्। स्वास्थ्यकर्मीहरुले आफ्नो नाममा रहेको नेपाल टेलिकमको पोस्टपेड/प्रिपेड सिमकार्डमा एक महिनासम्म निःशुल्क भ्वाइस कल प्रयोग गर्न पाउने छन्।
यो सुविधाबाट दुर्गम र पहुँच नपुगेका नागरिकलाई टेली हेल्थ/नर्सिङ सुविधा पुग्ने अपेक्षा नेपाल नर्सिङ परिषदले राखेको छ। सुविधा लिन इच्छुक स्वास्थ्यकर्मीको मोबाइल नम्बर आफ्नै नाममा दर्ता भएको हुनुपर्ने छ।