मंगलबार, माघ ८, २०८१

यास आँधीको प्रभाव नेपालमा पनि पर्ने, यस्तो छ शनिबारसम्मको मौसम पूर्वानुमान

  
कर्णाली टाइम्स बुधबार, जेष्ठ १२, २०७८

सुर्खेत । बंगालको खाडी नजिकै बनेको सामुद्रिक आँधी यास आज दिउँसो भारतको जमिनमा पुग्दै छ। भारतीय मौसम विभागले आज दिउँसो पश्चिम बंगाल र ओडिसाको बीचमा यास जमिनमा आइपुग्ने बताएको छ।

यास बालासो र पारादीपको नजिकै भएर जमिनमा यो आँधी आउने छ। आँधीका कारण प्रतिघण्टा १३० देखि १४० किलोमिटरको गतिमा हावा चल्नेछ।

यास आँधीको प्रभाव नेपालमा पनि शनिबारसम्म पर्ने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यास आँधीको प्रभाव नेपालमा पूर्व हुँदै पश्चिमतिर आउनेछ। केही स्थानमा भारी वर्षा र हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

शनिबारसम्मको मौसम पूर्वानुमान यस्तो छ

आज (बुधवार) प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशमा सामान्य बदली र बाकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ को एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात/वर्षा को सम्भावना रहेको छ।

बिहीबार प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशमा सामान्य बदली र बाकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ को एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात/वर्षा को सम्भावना रहेको छ।

शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रही मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा को सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ तथा उक्त प्रदेशका तराईका भूभागहरूमा उच्च बेगको हावाहुरि तथा अति भारी वर्षाको सम्भावना रहेको छ।

शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रही मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा को सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ तथा उक्त प्रदेशका तराईका भूभागहरूमा उच्च बेगको हावाहुरी तथा अति भारी वर्षाको सम्भावना रहेको छ।