शुक्रबार, बैशाख २१, २०८१

सुर्खेतमा जारी निषेधाज्ञा जेठ २५ सम्म लम्बिने

  
कर्णाली टाइम्स शुक्रबार, जेष्ठ १४, २०७८


सुर्खेत । वैशाख १४ गतेदेखि सुर्खेतमा जारी निषेधाज्ञा लम्बिने भएको छ । शुक्रबार बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितको वैठकले २५ गतेसम्म निषेधाज्ञाको समय थप गर्न सुरक्षाा समितिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
सुर्खेतमा कोरोना संक्रमण तिव्र रुपमा फैलिन थालेपछि वैशाख १४ गतेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरिएको थियो । यसअघि नै दुईपटक समय थप गरी जेठ १५ गतेसम्म लम्ब्याईएको थियो । शनिवार बस्ने जिल्ला सुरक्षा समितिको वैठकले यसबारे थप निर्णय गर्नेछ ।
सुर्खेतमा कोभिड संक्रमण र मृत्युदर केही मात्रामा घटेपनि निषेधाज्ञा नै गर्नु नपर्नेगरी भने घटेको छैन ।