कर्णाली टाइम्स
सोमवार, जेष्ठ २४, २०७८
सुर्खेत । सुर्खेतमा जेठद ३१ गतेसम्म निषेधाज्ञा थपिएको छ । कोभिड–१९ संकट व्यवस्थापन समितिको वैठकले ३१ गते राती १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
कोभिड संक्रमण फैलिने क्रम बढेपछि वैशाख १४ गतेदेखि सुर्खेत जिल्लाभर निषेधाज्ञा जारी गरिएको थियो । त्यसयता ४ पटक निषेधाज्ञा थप गरिएको छ ।
यसअघि जेठ २५ गतेसम्म निषेधाज्ञा थप गरिएको थियो । अहिले ३१ गतेसम्म थपिएको निषेधाज्ञामा विकास निर्माणका कामहरुमा कडाई नगर्ने निर्ण भएको छ । ‘पहिलेको भन्दा कमाई कम हुन्छ, यस अवधिमा विशेषगरी विकास निर्माणका कामहरु गर्न पाईन्छ ।’ सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले भने ।
निषेधाज्ञामा खाद्यान्न पसलहरु हप्तामा तीन दिन बिहानको समयमा, तरकारी तथा दुधजन्य पसलहरु साताभर बिहान ६ बजेदेखि ९ बजेसम्म खोल्न दिईएको छ ।