शुक्रबार, बैशाख २१, २०८१

देउवाले आज प्रधानमन्त्रीको शपथ ग्रहण गर्दै

  
कर्णाली टाइम्स मंगलबार, असार २९, २०७८


सुर्खेत। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्री नियुक्त हुँदैछन्। राष्ट्रपति कार्यालयले आजै देउवाको नियुक्ति र शपथको तयारी गरेको छ। शपथ ग्रहणको कार्यक्रम साँझ ५ बजे तोकिएको राष्ट्रपति कार्यालयका एक अधिकारीले बताए।
सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो। सर्वोच्चले मंगलबार पाँच बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भनेको थियो। देउवा यसअघि चार पटकसम्म प्रधानमन्त्री बनिसकेका छन्। आज उनी पाँचौं पटक प्रधानमन्त्री नियुक्त हुँदैछन्।
देउवाले आजै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन्। त्यसका लागि देउवा आन्तरिक परामर्शमा व्यस्त रहेको उनको सचिवालयले जनाएको छ।