
सुर्खेत। कर्णाल प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही आफैं सार्वजनिक स्थलमा पुगेर सर्वासाधारणर्ला मास्क लगाउन आग्रह गरेका छन्। ‘तपाईको मास्क खोई’ अभियानअन्तर्गत शनिबार सार्वजनिक स्थलमा पुगेर मुख्यमन्त्री शाहीले कोभिड–१९ को तेस्रो लहरबाट बच्न मास्कको प्रयोग अनिवार्य गर्न आग्रह गरेका हुन्।
अभियानअन्तर्गत मुख्यमन्त्री शाहीले वीरेन्द्रनगर उपत्यकाका सार्वजनिक स्थलमा मास्क नलगाएका व्यक्तिलाई मास्क वितरण समेत गरेका छन्। मास्कसँगै अनिवार्य रुपमा खोप लगाउन पनि उनले आग्रह गरे।
‘पछिल्लो समय कोभिडअन्तर्गतको ओमिक्रोन भेरियन्ट तिव्र गतिमा फैलिएको हामी सबैले थाहा पाईरहेका छौ, यस्तो महामारीबाट बच्ना आफू पनि सजग रहनुहोस्।’ मुख्यमन्त्री शाहीलेभ भने।
सुर्खेतमा पनि पछिल्लो केही दिनयता कोरोना संक्रमण दर बढेको छ। परीक्षण गरिएकामध्ये औसतमा ८० प्रतिशतमा कोभिड संक्रमण पोजिटिभ देखिने गरेको छ।
मुख्यमन्त्रीसँगै गएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले यो अभियानलाई निरन्तरता दिने बताए। ‘पहिलो चरणमा सम्झाएर पठाउने, त्यति गर्दा पनि लापरबाही गरेको पाईएमा जरिवाना गराईनेछ।’ प्रजिअ रिजालले भने।
कर्णाली टाइम्स
शनिबार, माघ ८, २०७८
