आइतवार, बैशाख २३, २०८१

अर्को सूचना नभएसम्मका लागि बुलबुले उद्यान (पार्क) बन्द

  
कर्णाली टाइम्स आइतवार, माघ ९, २०७८


सुर्खेत। सुर्खेतको पर्यटकीय स्थल बुलबुले उद्यान (पार्क) बन्द गरिएको छ। कोभिड–१९ संक्रमणको अवस्थालाई मध्यनजर गरी अर्को सूचना जारी नभएसम्मका लागि बुलबुले उद्यानमा घुमफिरका लागि जान बन्द गरिएको हो।
सुर्खेत उपत्यका नगर विकास समितिले सूचना जारी गर्दै आइतबार रातिदेखि उद्यान बन्द गरिएको जानकारी गराएको हो।
बुलबुले उद्यान (पार्क) सुर्खेतको प्रमुख पर्यटकीय स्थलमध्येको एक हो। दैनिक आवतजावत गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरुको भिँडमा संक्रमण झन् फैलिन सक्ने भएकाले उद्यान आज रातिदेखि बन्द गरिएको उपत्यका नगर विकास समितिले जनाएको छ।