सोमवार, कार्तिक १०, २०८२

करेन्ट लागेर धुलियाबीटमा एक जनाको मृत्यु

  
कर्णाली टाइम्स बिहीबार, माघ २०, २०७८


सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर–११ धुलियाबीटमा करेन्ट लागेर एक युवकको मुत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार धुलियाबीटका २२ बर्षीय भुवन बुढाको करेन्ट लागेर मृत्यु भएको हो।
घरमा विद्युत लिएको तर बाँसको खम्बामा राखेर अग्लो बनाउन खोज्दा करेन्ट लागेको हो। तार अग्लो बनाउन प्रयोग गरिएको बाँस खाडलमा राख्नेबेला फुत्किएर बिजुलीको नाङ्गो तारमा खसेपछि बुढालाई करेन्ट लागेको प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले बताए।
‘तार तल झुण्डिएकोले अग्लो बनाउन खोजिएको रहेछ, तार अड्याउन बनाएको बाँस खाल्डोमा हाल्दा फुत्किएर बिजुलीको मुख्य तारमा परेर करेन्ट लागेको हो,’ डिएसपी घर्तीले भने।
सोही घटनामा परी स्थानीय २० बर्षिय दुर्गा रोकाया घाईते भएका छन्। घाईतेको अवस्था सामान्य रहेको छ। उनको देउती अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।