बिहीबार, कार्तिक ६, २०८२

नेपाली काँग्रेस कर्णाली प्रदेश संसदीय दलको सचेतकमा अमृता शाही मनोनित

  
कर्णाली टाइम्स बुधबार, माघ २६, २०७८


सुर्खेत। नेपाली काँग्रेसको कर्णाली प्रदेश संसदीय दलको सचेतकमा अमृता शाही मनोनित भएकी छन्। मंगलबार संसदीय दलका नेता जीवनबहादुर शाहीले उनलाई सचेतकमा मनोनित गरेका हुन्।
शाही कर्णाली प्रदेश सभामा सुर्खेत प्रदेश सभा निर्वाचन क्षेत्र १ (क) बाट प्रतिनिधित्व गर्छिन्।
यसअघि सचेतक रहेका सांसद हिमबहादुर शाही आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका छन्।