कर्णाली टाइम्स
शुक्रबार, माघ २८, २०७८

सुर्खेत। सुर्खेतमा खुकुरी प्रहारबाट एक युवक घाईते भएका छन्। बिहिबार राति वीरेन्द्रनगर–१२ चनौटेमा युवाहरुकै समूहले भेरीगंगा नगरपालिका–१३ का २७ बर्षीय कर्णबहादुर रसाईलीलाई खुकुरी प्रहार गरेको हो।
खुकुरी प्रहारबाट घाईते रसाईलीको माया नर्सिङ होममा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। उनको अवस्था सुधारोन्मुख रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।
घटनामा संलग्न भएको आरोपमा वीरेन्द्रनगर–१२ का १७ बर्षीय अर्जुन विक, १९ बर्षीय रामपूर्ण रानामगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट एक थान खुकुरी पनि बरामद गरिएको छ।
पक्राउ परेकाहरुविरुद्ध थप अनुसन्धान गरी मुद्दाको प्रक्रियामा जाने डिएसपी घर्तीले बताए।
