बिहीबार, कार्तिक १३, २०८२

एनएमबी बैंक कर्णाली प्रदेश कार्यालयद्वारा दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

  
कर्णाली टाइम्स मंगलबार, चैत्र १५, २०७८


सुर्खेत। एनएमबी बैंक कर्णाली प्रदेश कार्यालयले प्रदेशका दुईवटा जिल्लामा वित्तीय साक्षरता कार्यक्रम गरेको छ। दैलेख र सुर्खेतका तीन/तीनवटा स्थानीय तहमा सप्ताहव्यापी रुपमा वित्तीय साक्षरता अभिमुखीकरण गरिएको हो।
वित्तीय सारक्षता कार्यक्रममा बैंकले दिने सेवासुविधा तथा बैंकिङ प्रणालीका बारेमा स्थानीयहरुलाई जानकारी गराईएको थियो।
सुर्खेतका पञ्चपुरी नगरपालिका, लेकवेशी नगरपालिका, बराहताल गाउँपालिका, दैलेखका नारायण नगरपालिका, गुराँस गाउँपालिका र नौमुले गाउँपालिकामा गरिएको वित्तीय साक्षरता कार्यक्रमबाट ६५० जना सहभागीहरुबीच जानकारी आदानप्रदान गरिएको कर्णाली प्रदेश एरिया मेनेजर मित्रराज प्याकुरलेले बताए।
आम्दानी, खर्च, बचत, ऋण, सापटी तथा बजेटको आधारभुत ज्ञान, पैसाको सदुपयोग र सही तरिकाले व्यवस्थापन लगायतका विषयमा स्थानीयहरुलाई जानकारी प्रदान गरिएको उनले बताए।
आर्थिक संकट पूर्वानुमान गरेर अनावश्यक ऋणबाट जोगिने, सिमित आयबाट पनि दैनिक खर्च, भैपरी आउने खर्च टार्ने, युवाहरुलाई बचत गर्ने बानी बसाल्ने जस्ता विषयमा पनि वित्तीय साक्षरता कार्यक्रममा सिकाईएको प्याकुरेलले बताए।
एनएमबीले गरेको वित्तीय साक्षरता कार्यक्रममा सहभागीमधये ७५ प्रतिशत महिला भएको बंैकको प्रदेश कार्यालयले जनाएको छ।
प्याकुरेलसहित एनएमबी बंैकका सुर्खेत शाखाका ऋण विभाग प्रमुख निर्मल गौली, व्यवसाय विकास अधिकृत खगेन्द्र पाण्डेले वित्तिय साक्षरता कार्यक्रममा सहभागीहरुलाई प्रशिक्षण दिएका थिए।