कर्णाली टाइम्स
आइतवार, चैत्र २०, २०७८

सुर्खेत। नेपाली काँग्रेसको कर्णाली प्रदेश समितिको प्रवक्तामा दमनबहादुर शाही नियुक्त भएका छन्। कर्णाली प्रदेश सभापति ललितजंग शाहीले कार्यसमिति सदस्य शाहीलाई प्रवक्तामा नियुक्त गरेका हुन्।
सभापति शाहीले खगिसरा आचार्यलाई समितिको कोषाध्यक्ष चयन गरेका छन्।
चैत १६ गते बसेको प्रदेश कार्यसमितिको वैठकले काँग्रेसको विधानबमोजिम आचार्यलाई कोषाध्यक्ष चयन गर्ने निर्णय गरेको थियो।
