
सुर्खेत। पसल फोडेर चोरी गर्दै हिँडेका सुर्खेतका एक युवक पक्राउ परेका छन्। मंगलबार जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले वीरेन्द्रनगर–३ का २८ बर्षीय हिमाल शाहीलाई पक्राउ गरेको हो।
वीरेन्द्रनगरको बजार क्षेत्रका गल्लीमा पसेर पसलहरुका ताला फोडेर सामान चोरी गर्ने गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी काार्यालय सुर्खेतले जनाएको छ। उनलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा चोरी गरिएका सामानहरु र नगदसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका युवकको साथबाट १२ हजार ४ सय ५५ रुपैयाँ नेपाली र ५ हजार ३३० रुपैयाँ भारु फेला परेका छन्।
यस्तै बच्चाको लागि तयार पारिएका पाँच थान चाँदीको बाला, १ थान ब्रास्लेट, ४ थान सिक्री, विभिन्न डिजाईनका कपडाहरु, एक थान रेड्मी मोवाईल र सटर तोड्न प्रयोग गरिएको रड पनि बरामद गरिएको छ।
पक्राउ परेका शाहीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धानको काम भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
कर्णाली टाइम्स
मंगलबार, चैत्र २२, २०७८
