कर्णाली टाइम्स
बुधबार, चैत्र २३, २०७८

सुर्खेत। नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ। निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५–५ रुपैयाँले मूल्य बढाएको हो।
अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ पर्ने भएको छ।
आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो। त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएर १६ सय कायम गरिएको छ।
यसअघि निगमले चैत २ गते पेट्रोलियम पदार्थको भाउ बढाएको थियो।
