
सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरबाट लागुऔषधसहित दुईजना पक्राउ परेका छन्। बुधवार दिउँसो सुर्खेतको वीरेन्द्रनगर–१० पदमपुरबाट प्रहरीले दुईजनालाई लागुऔषध र नापतौल गर्ने मेसिनसहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा वीरेन्द्रनगर–१३ का कर्ण बास बोहोरा र भिमा तामाङ रहेका छन् उनीहरुले लागुऔषधको कारोबार गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।
पक्राउ परेका बोहोरा र तामाङको साथबाट ८ ग्राम ६७० मिलिग्राम ब्राउनसुगर र ७ ग्राम १४० मिलिग्राम सेतो हिरोईन फेला परेको छ। उनीहरु बस्ने कोठामा खानतलासी गर्दा लागुऔषसधँगै दुई थान नापतौल गर्ने मेसिन, एउटा एटीएम कार्ड, लागुऔषध सेवनमा प्रयोग गरिने चम्चा, दुई थान मोवाईल र १ लाख ५६ हजार १२० रुपैयाँ नगद फेला परेको उनले जानकारी दिए।
पक्राउ दुवैजनालाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ।
कर्णाली टाइम्स
बुधबार, चैत्र २३, २०७८
