कर्णाली टाइम्स
आइतवार, चैत्र २७, २०७८
सुर्खेत उद्योग वाणिज्य संघको वैशाख ४ गते हुने निर्वाचनमा सत्ता गठबन्धन दलका व्यवसायी बिच सहमति गर्ने सहमति भएको छ । ३ दलका अगुवा व्यवसायीको आइतबार राति बसेको बैठकमा यस्तो सहमति जुटेको कांग्रेस निकट संघका पूर्वअध्यक्ष प्रकाश अधिकारीले बताए । उनका अनुसार हालका बरिस्ठ उपाध्यक्ष हर्षविक्रम खड्काको नेतृत्वमा प्रतिस्पर्धामा जाने सहमति भएको छ ।
सहमतिपत्रमा कांग्रेसनिकट व्यवसायीको तर्फबाट अधिकारीका साथै पदमबहादुर शाही र प्रकाश उप्रेती, माओवादी केन्द्रनिकट व्यवसायीको तर्फबाट प्रवल शाही, उदीराम डागी र धीरेन्द्र शाही, एकिकृत समाजवादी निकट व्यवसायीको तर्फबाट मदन खड्का र कृष्ण सुवेदीले हस्ताक्षर गरेका छन् । संघको निर्वाचनको लागि सोमबार मनोनयन दर्ता हुदैछ ।