बुधबार, बैशाख १९, २०८१

म्यादी प्रहरीलाई विदाईसँगै प्रशिक्षकहरुलाई सम्मान

  
कर्णाली टाइम्स शुक्रबार, जेष्ठ ६, २०७९


सुर्खेत। जिल्ला प्रहरी कार्यालय सुर्खेतल निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीहरुलाई विदाई गरेको छ। शुक्रबार जिल्ला प्रहरी कार्यालय सुर्खेतको आयोजनामा खुलामञ्च औपचारिक कार्यक्रमको आयोजना गरी म्यादी प्रहरीलाई विदाई गरेको हो।
म्यादी प्रहरी विदाईसँगै उनीहरुलाई प्रशिक्षण दिने प्रहरी अधिकृतहरुलाई सम्मान समेत गरिएको छ। म्यादी प्रहरी तथा प्रशिक्षक प्रहरीलाइ प्रमाणापत्रसहित सम्मान गरिएको हो।
गत वैशाख ६ गते स्थानीय तहको निर्वाचनका लागि सुर्खेत जिल्लाभर १ हजार २६९ जना म्यादी प्रहरी भर्ना गरिएको थियो। तीमध्ये ६ जनाले बीचमै छोडेका थिए।
कार्यक्रममा म्यादी भर्ना समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी खग्रेन्दप्रसाद रिजाल, भर्ना समितिका सह–संयोजक डिएसपी रामप्रसाद घर्तिमगर, सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डे, प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसे तथा जिल्लास्थित चारवटै सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार म्यादी प्रहरीको सेवासुविधाअन्तर्गत पहिलो किस्ता स्वरुप ४० दिनको रासन भत्ता बराबरको चार हजार दुई सय, भ्रमण भत्ता एक हजार दुई सय र पोसाक भत्ता वापतको ६ हजार रकम बैंक खातामार्फत भुक्तानी गरिएको छ।
वैकल्पिक माध्ययमबाट भर्ना भएकाहरुको कम दोस्रो किस्ता अन्तर्गत भुक्तानी हुनेछ। यसका लागि प्रहरी प्रधान कार्यलयको निर्देशनअनुसार कोष तथा लेखा नियन्त्रकको कार्यालयमा फाइल पेश गरिएको छ। रकम आउने प्रक्रिया सुरु भईसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
स्थानीय तह निर्वाचन २०७९ को सुरक्षाका लागि सुर्खेतमा ८ सय ८० जना नेपाल प्रहरी, एक हजार २६९ म्यादी प्रहरीसँगै केही संख्यामा नेपाली सेना र सशस्त्र प्रहरी खटिएका थिए।