शुक्रबार, असार २०, २०८२

भारतले चिनी निर्यातमा राेक लगायो

  
कर्णाली टाइम्स बुधबार, जेष्ठ ११, २०७९


सुर्खेत। भारतले चिनी निर्यातमा रोक लगाएको छ। जेठ १८ गतेदेखि कार्यान्वयन हुनेगरी भारतले आफ्नो मुलुकबाट हुने चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको हो।
भारतको वैदेशिक व्यापार महानिर्देशनालयले १ जुनदेखि अक्टोबर ३१ (चार महिना) सम्मका लागि चिनी र त्यसका सबैखाले कच्चा पदार्थ निर्यातमा रोक लगाउने निर्णय गरेको इकोनोमिक्स टाइम्सले जनाएको छ।
रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय आपूर्ति शृंखला बिग्रिएपछि विभिन्न मुलुकले त्यसको असरबाट आफ्नो मुलुकलाई बचाउन खाद्यान्न जोहोको निर्णय गरिरहेका छन्। केही दिन अघि भारतले फलामको कच्चा पदार्थ स्पन्ज आइरनको निर्यातमा कर वृद्धिको निर्णय गरेको थियो।