कर्णाली टाइम्स
बिहीबार, जेष्ठ १९, २०७९
सुर्खेत। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज सुर्खेत आउँदैछन्। पार्टीको कर्णाली प्रदेश कमिटीको वैठकलाई सम्बोधन गर्न उनी सुर्खेत आउन लागेको नेकपा (एस) जिल्ला कमिटी सुर्खेतले जनाएको छ।
उनी आज बिहानको बुद्ध एअरको जहाजमा सिँधै सुर्खेत अवतरण गर्ने तालिका रहेको जिल्ला अध्यक्ष मोहन बडुवालले जानकारी दिए।
अध्यक्ष नेपाल पुष्पलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको जेष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रममा सहभागी हुनेछन्।
त्यसपछि दिउँसो १ बजे पार्टीको कर्णाली प्रदेश कमिटीको वैठकलाई सम्बोधन गर्ने तालिका रहेको छ।
अध्यक्ष नेपाल भोली काठमाडौं फर्किने बडुवालले बताए।