बिहीबार, बैशाख २०, २०८१

चेक अनादर मुद्दामा दुई बर्ष कैद तोकिएका फरार महिला पक्राउ

  
कर्णाली टाइम्स मंगलबार, जेष्ठ ३१, २०७९


सुर्खेत। चेक अनादर मुद्दामा २ बर्ष कैद तोकिएपछि फरार भएकी महिला पक्राउ परेकी छन्। सुर्खेतको वीरेन्द्रनगर–१० की ३६ बर्षीया मञ्जु विकलाई सोमबार प्रहरीले पक्राउ गरेको हो।
सुर्खेत जिल्ला अदालतले उनलाई चेक अनादर मुद्दामा दुई बर्ष कैद फैसला गरेको थियो।
अदालतको फैसलापछि फरार रहेकी उनलाई खोजतलास गर्नेक्रममा प्रदेश ब्युरो र जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो। उनलाई कैद भुक्तानको लागि प्रतिवेदनसहित जिल्ला अदालत सुर्खेतमा पठाईएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।