शुक्रबार, बैशाख २१, २०८१

वीरेन्द्रनगरको बजेट १ अर्ब ९४ करोड

  
कर्णाली टाइम्स शुक्रबार, असार १०, २०७९


सुर्खेत। कर्णाली प्रदेशको राजधानीका रुपमा रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गरेको छ। नगरपालिकाले आगामी आर्थिक बर्षका लागि कुल बजेट १ अर्ब ९४ करोड ११ लाख १२ हजार ५ सय रुपैयाँ ल्याएको छ।
कुल बजटेमध्ये पुँजीगततर्फ ५३ करो ५५ लाख ३६ हजार पाँच सय रुपैयाँ छ। चालुतर्फ १ अर्ब ३७ करोड ३५ लाख ७६ हजार रुपैयाँ छ।
शुक्रबार ११औं नगरसभामार्फत वीरेन्द्रनगरले आफ्नो आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गरेको हो।
वीरेन्द्रनगरले सडक तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर आगामी आर्थिक बर्षको बजेट ल्याएको छ। ‘शैक्षिक, प्रशासनिक र पर्यटकीय सहरः स्वच्छ, स्वस्थ, समुन्नत वीरेन्द्रनगर’को नारा दिएर नगरपालिकाले आउँदो बजेट ल्याएको हो।
वीरेन्द्रनगरले ल्याएको आगामी आर्थिक बर्षको बजेट चालु आर्थिक वर्षको भन्दा ३७ करोड ५८ लाख ४९ हजार ९ सय रुपैयाँ बढी छ।