मंगलबार, असार १७, २०८२

सुख्खा पहिरोमा परि सुर्खेतमा एक जनाको मृत्यु

  
कर्णाली टाइम्स मंगलबार, असार २१, २०७९


सुर्खेत। सुर्खेतको पञ्चपुरी नगरपालिका–७ डौरीखोला नजिक सुख्खा पहिरोमा परि एक जनाको मृत्यु भएको छ। अछामको तुर्माखाँद गाउँपालिका–६ रानीबनकी अमृता जैसीको मृत्यु भएको हो।
बाटोमा हिँडिरहेका बेला ती महिला पहिरोमा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीका अनुसार जैसीको आधा शरीर पुरिएको अवस्थामा प्रहरीलाई खबर भएपनि प्रहरी उद्दारको लागि त्यहाँ पुग्दा उनको मृत्यु भईसकेको थियो।
पहिरोमा परि सोही सोही ठाउँकी रती कामी घाईते भएकी छन्। उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत घटनास्थलबाट उपचारका लागि वीरेन्द्रनगर ल्याईएको छ।
उनको कर्णाली प्रदेश अस्पतालमा उपचार भईरहेको छ। प्रहरीका अनुसार घाईतेको अवस्था गम्भीर छ। उनीहरु अछामबाट कैलाली जान हिँडेका थिए।