बुधबार, फागुन २८, २०८१

श्रीलंकामा नयाँ प्रधानमन्त्रीले लिए सपथ

  
कर्णाली टाइम्स शुक्रबार, साउन ६, २०७९


सुर्खेत। आर्थिक संकटमा परेको देश श्रीलंकामा नयाँ प्रधानमन्त्रीले सपथ लिएका छन्। दुई दिनअघि मात्र नियुक्त भएका राष्ट्रपति रनिल विक्रमासिंघेले ६३ वर्षिय दिनेश गुणवर्देनालाई प्रधानमन्त्री नियुक्त गरेका हुने।
गुणवर्देनाले यसअघि विदेश मन्त्री र शिक्षा मन्त्रीको जिम्मेवारी सम्हालेका थिए। अहिले सांसद छन्। केही समयअघि राष्ट्रपति गोटवाया राजापाक्षेले उनलाई गृह मन्त्री नियुक्त गरेका थिए।
गुणवर्देना श्रीलंकाको वामपन्थी पार्टी महाजन एकसाथ पेरामुनाका अध्यक्ष हुन्। उनको पार्टीका संसदमा २ जना सांसद छन्।
राष्ट्रपति बनेका विक्रमासिंघे पनि संसदमा आफ्नो पार्टीका एक्ला सांसद थिए।
राजापाक्षे परिवार सत्ताबाट बाहिरिएर नयाँ व्यक्ति राष्ट्रपति र प्रधानमन्त्री बने पनि श्रीलंकामा प्रदर्शन भने रोकिएको छैन।
शुक्रबार बिहानै सैनिक र प्रहरीहरुले प्रदर्शनकारीहरुमाथि हस्तक्षेप गरेका छन्। प्रदर्शनकारीहरुले तीन महिनादेखि कब्जामा लिएर प्रदर्शन गरिरहेको ठाउँमा सुरक्षाकर्मीले धरपकड गरी उनीहरुलाई धपाएका हुन्। घटनामा केही प्रदर्शनकारी घाइते भएको र केहीलाई प्रहरीले पक्राउ गरेको छ।
राष्ट्रपति निर्वाचित भएपछि विक्रमासिंघेले अहिलेका प्रदर्शनकारीहरु फासिस्ट भएको भन्दै कानुनअनुसार उनीहरुलाई कारबाही गर्ने बताएका थिए।
राजापाक्षेहरु सत्ताच्युत भए पनि अहिले राष्ट्रपति विक्रमासिंघे राजापाक्षे परिवारकै मान्छे भएको प्रदर्शनकारीको आरोप छ। राजापाक्षेहरुले गलत नीति लिएर मुलुकलाई आर्थिक संकटमा फसाएको भए पनि नयाँ प्रशासनले उनीहरुलाई कारबाही गर्नुको साटो उन्मुक्ति दिने भन्दै उनीहरुले आन्दोलन गरिरहेका छन्।