आइतवार, जेष्ठ ६, २०८१

आजदेखि सुर्खेतमा मदिरा विक्री र सेवन गर्न नपाईने

  
कर्णाली टाइम्स शुक्रबार, कार्तिक २५, २०७९


सुर्खेत। मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गर्दै सुर्खेतमा मदिरा विक्रि तथा सेवनमा रोक लगाईएको छ। शुक्रबार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सर्वदलीय वैठकले आजदेखि मतदान मंसिर ४ गतेसम्म मदिरा विक्री तथा सेवनमा रोक लगाउने निर्णय गरेको हो।
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, भयरहित तथा मर्यादिन बनाउनका लागि सर्वदलीय वैठकबाट यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ।
मदिरा सेवन तथा विक्री नगर्ने निर्णय कार्यान्वयनका लागि जिल्लास्थित राजनीतिक दल, उद्योगी, व्यवसायी, सर्वसाधारण लगायतलाई प्रशासनले आग्रह पनि गरेको छ।
यस्तै निर्वाचनको मत परिणाम घोषणा नभएसम्म जिल्लाभित्र मेला, पर्व, जात्रा, महोत्सव, खेलकुद तथा अन्य मनोरञ्जनका क्रियाकलाप गर्न पनि रोक लगाईएको छ।
मतदान सुरु हुनुभन्दा २४ घण्टा अघिदेखि ग्याँस सिलिण्र, पाईप, सकेट, प्रेसर कुकर लगायतका बिस्फोटनमा प्रयोग हुन सक्ने सामग्रीको ओसारपसार तथा विक्री वितरणमा पनि रोक लगाउने निर्णय पनि जिल्लास्थित सर्वदलीय वैठकले गरेको छ।