बुधबार, जेष्ठ २, २०८१

कर्णालीमा काँग्रेसबाट मन्त्री हुनेको नाम सिफारिस

  
कर्णाली टाइम्स मंगलबार, बैशाख ५, २०८०


सुर्खेत। नेपाली काँग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम सिफारिस गरेको छ। संसदीय दलले मंगलबार मुख्यमन्त्री राजकुमार शर्मालाई मन्त्रीको नाम पठाएको हो।
सांसदहरु कृष्णकुमार बिसी, खड्क पोखरेल र बेदराज सिंहको नाम मन्त्रीका लागि सिफारिस गरिएको संसदीय दलले जनाएको छ।
उनीहरुलाई हाल खाली रहेका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय,सामाजिक विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय दिनेगरि मुख्यमन्त्रीलाई नाम पठाईएको हो।
यसअघि यी मन्त्रालयमा नेकपा एमालेबाट मन्त्री थिए। सत्ता समीकरण फेरिएपछि २०७९ चैत २६ गते उनीहरुले राजीनामा दिएका थिए।
नयाँ सत्ता समीकरणअनुसार साझेदार दलहरुबीच प्रदेश सरकारको नेतृत्व आधा–आधा कार्यकाल गर्ने, मन्त्रालयको संख्या आठ वटा बनाउने सहमति पनि भएको छ।