सुर्खेत। सुर्खेतमा अन्तरविद्यालय क्रिकेट प्रतियोगिता हुँदैछ। कर्णाली क्रिकेट एकेडेमीले यही वैशाख ३० गतेदेखि प्रतियोगिता आयोजना गर्न लागेको हो। दैनिक दुई खेल हुनेगरि जेठ ६ गतेसम्म प्रतियोगिता हुने एकेडेमीले जनाएको छ।
अन्तरविद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता वीरेन्द्रनगरको कालुङचोक क्रिकेट मैदानमा हुनेछ। प्रतियोगितामा ११ वटा विद्यालयबाट ११ समूह सहभागी हुने प्रतियोगिताका निर्देशक निश्चल रावलले जानकारी दिए।
प्रतियोगितामा खेलाडी समूहमार्फत सहभागी हुन ३८ वटा विद्यालयलाई पत्र पठाईएको भएपनि परीक्षा लगायतका कारण ११ वटा विद्यालय मात्र सहभागी हुन लागेको रावलले बताए।
प्रतियोगितामा प्रथम र द्वितीय हुने समूहलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ। प्रथमलाई २५ हजार र द्वितीलाई १५ हजार रुपैयाँ नगद पुरस्कार घोषणा गरिएको आयोजक कर्णाली क्रिकेट एकेडेमीले जनाएको छ।
कर्णाली टाइम्स
बुधबार, बैशाख २७, २०८०