शनिबार, असार २१, २०८२

दैलेखबाट सुर्खेत आउँदै गरेको हाईस दुर्घटना, १३ जना घाईते

  
कर्णाली टाइम्स शुक्रबार, कार्तिक २३, २०८१

सुर्खेत। सुर्खेत र दैलेखको सीमानामा हाईस दुर्घटना हुँदा १३ जना घाईते भएका छन्।

दैलेखबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ००१ ख ९९८ नम्बरको हाईस शुक्रबार दैलेख र सुर्खेतको सीमानामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

दुर्घटनामा परि १३ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए। घाईतेहरुलाई उपचारका लागि वीरेन्द्रनगर ल्याउन लागिएको उनले बताए।

गाडी सडकबाट तल खसेको हो। गाडीमा कति सवार थिए र कसरी दुर्घटना भयो भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।