कर्णाली टाइम्स
शुक्रबार, कार्तिक २३, २०८१

सुर्खेत। सुर्खेतमा भएको हाईस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। शुक्रबार दिउँसो सवा २ बजे दैलेखबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ९९८ नम्बरको गाडी सुर्खेत र दैलेखको सीमानामा दुर्घटनामा परेको हो।
उक्त दुर्घटनामा तीन जनाको मृत्यु भएको र मृतकको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी वीरेन्द्रन बीर विश्वकर्माले जानकारी दिए। उनका अनुसार उनीहरुको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा २५ जना बढी घाईते छन्। घाईतेहरुलाई उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा लगिएको डिएसपी विश्वकर्माले बताए।
