कर्णाली टाइम्स
बिहीबार, भदौ ५, २०८२

सुर्खेत। राउटे समुदायका ज्येष्ठ सदस्य नन्दराम शाहीको निधन भएको छ। बिहिबार उनको निधन भएको हो।
७५ वर्षीय शाहीको हृदयघातका कारण निधन भएको राउटे परियोजनामा कार्यरत लालबहादुर खत्रीले जानकारी दिए। उनका अनुसार बिहिबार बिहान साढे ९ बजे शाहीको निधन भएको हो।
केही समयअघि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ चन्दनपुरबाट बसाइँ सरेका राउटे समुदाय हाल लेकवेशी नगरपालिका–१० स्थित झुप्राखोला किनारको जंगलमा बसोबास गरिरहेका छन्।
शाहीको निधनपछि राउटे समुदायको जनसंख्या अब १३५ मा झरेको छ।
