
षड्यन्त्रकारीले आन्दोलनको मौका छोपेर सम्पत्तिमा क्षति पुर्याए : उपसभापति खड्का
सुर्खेत । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गत भदौमा भएको जेनजी आन्दोलनकामा षड्यन्त्रकारीको घुसपैठले ठूलो क्षति पुगेको बताएका छन् । बिहिबार गृहजिल्ला सुर्खेत पुगेका खड्काले पत्रकारहरुसँग कुरा गर्दै आन्दोलनरत समूहका माग जायज भएपनि आन्दोलनकै बहानामा षड्यन्त्रकारीहरुले घुसपैठ गरेर सार्वजनिक र व्यक्तिगत सम्पत्तिमा क्षति पुर्याएको बताए ।
‘आन्दोलनमा सहभागी भएका जेनजी युवाहरुको माग जायज थ