शुक्रबार, बैशाख ७, २०८१

सुर्खेतका ५३ बर्षीय कोरोेना संक्रमितको मृत्यु

  
कर्णाली टाइम्स आइतवार, मंसिर २१, २०७७


सुर्खेत । सुर्खेतमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पञ्चपुरी नगगरपालिका–६ कका ५३ बर्षीय पुरुषको मृत्यु भएको हो । शनिबार राति साढे ८ बजे उनको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
मंसिर ९ गते गरिएको पिसीआर परीक्षणमा उनलाई कोरोना संक्रमण पुष्टी भएको थियो । कोरोना संक्रमण पुष्टी भएपछि होम आईसोलेशनमा बसेको भएपनि सास फेर्न समस्या भएपनि सोही दिन उनी प्रदेश अस्पतालको कोभिड अस्पतालमा भर्ना भएका थिए ।
सुरुमा अक्सिजन दिईएका उनलाई पछि भेन्टिलेटरमा राखिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिृत नवराज कँडेलले जानकारी दिए ।
योसँगै कर्णाली प्रदेशमा मृत्यु हुने कोरोना संक्रमितको संख्या २० पुगेको छ ।