बिहीबार, पुस १०, २०८२

आजदेखि कोरोनाविरूद्ध खोपको बुष्टर मात्रा लगाइँदै

  
कर्णाली टाइम्स आइतवार, माघ २, २०७८


सुर्खेत। सरकारले आजदेखि कोरोनाविरूद्ध बुष्टर मात्रा खोप दिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले पत्राचार गर्दै आजदेखि खोप दिन भनेको छ।
सातवटै प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रहरू र ७७ वटै स्वास्थ्य कार्यालयलाई विभागले पत्राचार गर्दै बुष्टर मात्रा खोप लगाउन भनेको छ। गत पुस २८ को मन्त्रीस्तरीय निर्णयबाट आजदेखि बुष्टर मात्रा खोप दिने गरी पत्राचार भएको छ।
अहिले भने अग्रपंतिमा खटिने व्यक्तिहरूले बुष्टर मात्रा खोप लगाउन पाउनेछन्। माघ दोस्रो सातादेखि भने ६० वर्ष र त्यसभन्दा माथिका व्यक्तिहरूलाई बुष्टर मात्रा खोप लगाइनेछ। उनीहरूलाई माघ १४ देखि खोप लगाइनेछ। सेतोपाटी