कर्णाली टाइम्स
सोमवार, माघ ३, २०७८

सुर्खेत। सरकारले आगामी माघ १५ गतेसम्म सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर क्लब, हेल्थ क्लव, पटके हाटबजार, जिम हल बन्द गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले यस्तो निर्णय गरेको हो।
सरकारको निर्णय अनुसार पार्टी प्यालेसमा कुल क्षमताको बढिमा ५० जना मात्रै उपस्थित हुन पाइने छ। यसैगरी विवाह, व्रतबन्ध, पास्नी लगायत समारोहमा सम्बन्धित जिल्ला अधिकारीबाट पूर्व स्वीकृति लिनुपर्ने भनिएको छ।
त्यस्तै डिर्पाटमेन्ट स्टोर, सपिङमल लगायतका क्षेत्रमा एकपटकमा २५ जना मात्रै जान पाइने र दुई व्यक्तिबीच दुई मिटर दूरी हुनुपर्ने, सामान छुन नपाइने जस्ता जनस्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नुपर्ने छ।
