
सुर्खेत। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका सबै प्रदेशमा पारासिटामोल पठाएको छ। पछिल्लो केही दिनयता बजारमा पारासिटामोलको अभाव देखिएपछि स्वास्थ्य तथा सबै प्रदेशमा पारासिटामोल पठाएको हो।
मन्त्रालयका अनुसार मन्त्रायले सबै प्रदेशमा १ करोड ३३ लाख ४२ हजार ट्याब्लेट पारासिटामोल पठाएको हो। मन्त्रालयका अनुसार प्रदेशहरुमा पठाइएको बाहेक अझै सरकारसँग ११ लाख ५८ हजार ट्याब्लेट पारासिटामोल मौज्दात गरेको छ।
प्रदेश १ काे स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरमा २७ लाख ६४ हजार, मधेश प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनुषामा २१ लाख ३० हजार, बागमतीमा १० लाख ९८ हजार पठाइएकाे छ ।
यस्तै, गण्डकी प्रदेशका लागि १८ लाख, लुम्बिनी प्रदेशका लागि २७ लाख ३० हजार, कर्णाली प्रदेशका लागि १० लाख २० हजार र सुदूरपश्चिम प्रदेशका लागि १८ लाख सिटामाेल पठाइएकाे छ ।
