आइतवार, पुस ६, २०८२

आइतबार अदालतहरु बन्द हुने

  
कर्णाली टाइम्स शनिबार, माघ ८, २०७८

सुर्खेत। भोली (आईतबार) देशभरका अदालतहरु बन्द हुने भएका छन्। पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा देशभरका न्यायालयहरू बन्द गर्न लागिएको हो। पूर्वप्रधानन्यायाधीश शर्माको गत बुधबार निधन भएको थियो।
मुलुकबाहिर रहेका परिवारका सदस्यहरू आएपछि उनको शनिबार अन्त्येष्टि गरिएको हो। शनिबार सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले शोक प्रस्ताव पारित गरी आइतबार देशभरका अदालतहरूमा बिदा गर्ने निर्णय गरेको हो।
काठमाडौंको कमलपोखरीमा १९९१ साल पुस १ गते जन्मिएका पूर्वप्रधानन्यायाधीश शर्मा २०१६ सालदेखि सरकारी सेवामा प्रवेश गरेका थिए। उनी २०५४ साल चैत ३० देखि २०५६ मंसिर ३० गतेसम्म प्रधानन्यायाधीश थिए। सर्वोच्च अदालतले उनको निधनबाट सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्वलाई गुमाएको भनी टिप्पणी गरेको छ।