आइतवार, कार्तिक ९, २०८२

भोली जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गरिने

  
कर्णाली टाइम्स मंगलबार, माघ ११, २०७८
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन शाहीको विवरण संकलन गर्दै गणक टोली। फाईल तस्विर।

सुर्खेत। केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना-२०७८ को प्रारम्भिक नतिजा तयार गरेको छ।
सो जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मंसिर ९ गतेसम्म भएको थियो।
नेपालको संविधान, २०७२ पछि मुलुकमा भएको पहिलो जनगणनाको प्रारम्भिक नतिजा यही माघ १२ गते बुधबार भर्चुअल रूपमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए।