मंगलबार, कार्तिक ४, २०८२

राष्ट्रिय सभा निर्वाचन: कर्णालीमा गठबन्धनका उम्मेदवारी विजयी

  
कर्णाली टाइम्स बुधबार, माघ १२, २०७८


सुर्खेत। राष्ट्रिय सभा निर्वाचनअन्तर्गत कर्णाली प्रदेशमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्। नेपाली कांग्रेसबाट दुर्गा कुमारी गुरूङ, माओवादीबाट नरबहादुर विष्ट र समाजवादीबाट उदय बोहाेरा निर्वाचित भएका हुन्।
गुरुङले २ हजार ९७० मतभार ल्याएर विजयी भइन्। यस्तै नेकपा माओवादी केन्द्रका विष्टले ३००६ मतभार ल्याएर निर्वाचित भएका छन्। नेकपा (एकीकृत समाजवादी) का उदय बोहराले पनि ३००६ मतभार ल्याएर विजयी भएको निर्वाचन आयोगको कार्यालय कर्णाली प्रदेश कार्यालयका सूचना अधिकारी निर्मला रेग्मीले बताईन्।
यस्तै एमालेबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनेका एमालेका गंगा थापा महतले १४१६, चुडामणि शर्माले १४१६ र पदम माझीले १६९८ मत ल्याएका छन्।
कर्णाली प्रदेशका निर्वाचनमा कुल १९१ मतदातामध्ये १८९ जनाले मतदान गरेका थिए। एकजना उपमेयर र एकजना राप्रपाका सांसद मतदानमा सहभागी नभएको शाखा अधिकृत रेग्मीले बताईन्।