
सुर्खेत। सल्यान र सुर्खेतमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। सल्यानको बनगाडकुपिण्डे नगरपालिका र सुर्खेतको भेरीगंगा नगरपालिकामा चट्याङ लागेर महिलाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बिहिवार बेलुका बनगाडकुपिण्डे नगरपालिका–७ लामासराकी ४० बर्षीया रामकली कामीको मृत्यु भएको हो। बेलुका सात बजेतिर परेको चट्याङले उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै सुर्खेतको भेरीगंगा नगरपालिका–११ साँदीखोलाकी ३५ बर्षीय नोकीसरा खत्रीको चट्याङ लागेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनकबहादुर शाहीका अनुसार उनको पनि बिहिवार बेलुका चट्याङ लागेर मृत्यु भएको हो।
बिहिवार बेलुकादेखि कर्णाली प्रदेशका सबै ठाउँमा चट्याङसहित बर्षा तथा हिमपात भईरहेको छ। केही हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात भएपछि जनजीवन समेत प्रभावित बनेको छ।
कर्णाली टाइम्स
शुक्रबार, माघ २१, २०७८
