बिहीबार, कार्तिक ६, २०८२

यस बर्षको एसईई परीक्षा वैशाख ९ गतेदेखि

  
कर्णाली टाइम्स बुधबार, माघ २६, २०७८


सुर्खेत। यस वर्षको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) आगामी वैशाख ९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको समयतालिका सार्वजनिक गरेको हो।
यस वर्ष एसईईमा ५ लाख ८ हजार परीक्षार्थी सहभागी हुने प्रारम्भिक अनुमान छ। नियमित तालिकाअनुसार चैतमा एसईई हुने गर्थ्यो।
परीक्षा २० वैशाखमा सकिने छ। परीक्षाको विषयगत समयतालिका बिहीबार सार्वजनिक गरिने रायमाझीले बताए।
कोरोनाले पठनपाठनमा असर गरेका कारण चैतभर कक्षा सञ्चालन गरेर वैशाख परीक्षा गर्न लागिएको हो। गत दुई वर्ष कोभिडका कारण आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रमाणीकरण गरिएको थियो।