बिहीबार, कार्तिक १३, २०८२

ठेक्कापट्टा गर्नेहरु स्थानीय चुनावमा उम्मेदवार बन्न नपाउने

  
कर्णाली टाइम्स बुधबार, चैत्र १६, २०७८


सुर्खेत। निर्वाचन आयोगले स्थानीय तह चुनावमा ठेकेदारहरुलाई उम्मेदवार हुन कडाइ गरेको छ।
आज विज्ञप्ति जरी गर्दै आयोगले स्थानी चुनावमा उम्मेदवार बन्ने व्यक्तिले स्थानीय तहमा ठेक्कापट्टामा संलग्न नरहेको स्वघोषणा गर्नुपर्ने जनाएको छ।
‘कुनै स्थानीय तहको ठेक्कापट्टा वा चलअचल सम्पत्तिसम्बन्धी व्यवहारमा संलग्न नभएको’ उम्मेदवारले स्वघोषणा गर्नुपर्ने आयोगले प्रावधान बनाएको छ।
अब उम्मेदवारले मनोनयन दर्ता गर्नुअघि लिखित स्वघोषणा पत्र पनि पेश गर्नुपर्ने भएको छ।