बिहीबार, कार्तिक १३, २०८२

एमाले अध्यक्ष ओलीले आज सिंजा र कालीकोटमा हुने आमसभालाई सम्बोधन गर्दै

  
कर्णाली टाइम्स बिहीबार, चैत्र १७, २०७८


सुर्खेत। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज कर्णाली प्रदेश आएका छन्। जुम्लाको सिंजा र कालीकोटको मान्ममा हुने आमसभालाई सम्बोधन गर्न उनी कर्णाली प्रदेश आएका हुन्।
बुधवार नेपालगञ्ज आएका ओली आज हेलिकप्टरमार्फत सुरुमा दैलेख पुगेको थिए। बिहान दैलेखको दुल्लुमा आयोजित चियपान तथ भेटघाट कार्यक्रममा सहभागी भएर सिंजा गएका छन्।
अध्यक्ष ओलीले सिँजामा हुने एमालेको आमसभालाई सम्बोधन गर्दैछन्। एमालेमा प्रवेश गर्नेहरुलाई पनि उनले त्यहाँ स्वागत गर्नेछन्।
त्यसपछि उनले आजै कालीकोटको मान्ममा हुने पार्टीको आमसभालाई सम्बोधन गर्दैछन्। अध्यक्ष ओलीको मुख्य तालिका कालीकोटको आमसभालाई सम्बोधन गर्ने हो।
ओली आजै काठमाडौं फर्किने तालिका बनेको एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहले जानकारी दिए।