शुक्रबार, बैशाख १४, २०८१

सुर्खेत उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिका लागि दुई समूहको उम्मेदवारी, को–को छन् उम्मेदवार?

  
कर्णाली टाइम्स सोमवार, चैत्र २८, २०७८

सुर्खेत। वैशाख ४ गते हुने सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचनका लागि उम्मेदवारी दर्ता भएको छ। संघको निर्वाचन समितिले उम्मेदवारहरुको पहिलो चरणको सूची प्रकाशन गरेको छ।

नयाँ कार्यसमितिको निर्वाचनका लागि दुईवटा समूहबाट उम्मेदवारी परेको छ। निवर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्का र महासचिव लक्ष्मण कँडेलको नेतृत्वमा उम्मेदवारी परेको छ।

सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षका उम्मेदवार खड्का नेतृत्वको समूहबाट वरिष्ठ उपाध्यक्षमा, गणेश बस्नेत, वाणिज्यमा उपाध्यक्ष प्रेमबहादुर रावत, उद्योग उपाध्यक्षमा सिंहराज बम (राज), महिला उपाध्यक्षमा कृष्णाकुमारी थापा, महासचिवमा रामप्रसाद जैसी (राजु), कोषाध्यक्षमा राम पाण्डे, उपमहासचिवमा पूर्णदेव अधिकारी र सहकोषाध्यक्ष सूर्यबहादुर खत्री (बम)को उम्मेदवारी परेको छ।

यस्तै महिला सदस्यहरुमा लक्ष्मी कार्की (प्रधान) र कृति गुभाजु (शाक्य)को उम्मेदवारी परेको छ।
यस्तै सदस्यहरु जनकबहादुर थापा, भुवनराज ज्ञवाली, पोषण खरेल, पूर्णप्रसाद जैसी (पाण्डे), अजय गुरुङ, मदनबहादुर खड्का, प्रेम शर्मा, प्रेमबहादुर भण्डारी, लक्ष्मण खत्री, सन्तोष बराईली, खड्कबहादुर शाही, बुद्ध तामाङ, अर्जुनजंग शाही, नवराज गौतम, रणबहादुर खड्काको उम्मेदवारी परेको छ। यसमध्ये खड्काको समूहमा एसोसियट र आरक्षित सदस्यमा को उम्मेदवार भन्ने एकीन भएको छैन।

खड्का समूहमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी निकट व्यवसायीहरुको समीकरण छ।

अध्यक्षका प्रत्यासी खड्काले व्यवसायीहरुको हित र व्यापार तथा पर्यटन प्रवद्र्धनका लागि आफ्नो समूह कार्यसमितिमा चयन हुनुपर्ने बताए। अहिले पनि निरन्तर व्यवसायीको हितमा लागेको बताउँदै खड्काले निर्वाचित भएपछि पनि व्यवसायीका माग सम्बोधन गर्ने प्रतिबद्धता गरेका छन्।
उनले प्रालि बन्ने संकेत देखिएको सुर्खेत उद्योग वाणिज्य संघलाई व्यवसायीहरुको साझा थलो बनाउन आफ्नो समूह निर्वाचनमा होमिएको बताए।

यस्तै खड्का समूहको विपक्षमा उम्मेदवारी दिएका लक्ष्मण कँडेलेको समूहबाट वरिष्ठ उपाध्यक्षमा सूर्यबहादुर रावत, वाणिज्य उपाध्यक्षमा दीपेन्द्र ढकाल, उद्योग उपाध्यक्षमा प्रेमप्रसाद पाण्डे, महिला उपाध्यक्षमा तारा रावत, महासचिवमा भद्र भण्डारी, कोषाध्यक्षमा राजेन्द्रबहादुर शाही, उपमहासचिवमा कृष्णप्रसाद सुवेदी र सहकोषाध्यक्ष भिमप्रसाद पौडेलको उम्मेदवारी परेको छ।

यो समूहबाट खुला सदस्यहमा रमेश बराल, दीपक खड्का, प्रकाशकुमार तिमल्सेना, विशाल ढकाल (बिन्द्र जैसी), बालकृष्ण हमाल चालिसे, सागर भुषाल, टेकबहादुर थापा, सुरज थापा, बिर्ख बडुवाल, गणेश खड्का, लक्ष्मी कार्कीले उम्मेदवारी दिएका छन्।
महिला सदस्यहरुमा लक्ष्मी कुमारी शर्मा तिवारी र हिमकुमारी उपाध्यायको उम्मेदवारी परेको छ।
यस्तै एसोसियट सदस्यमा मिलन पन्त र आरक्षित सदस्यमा ज्ञानेन्द्र विकको उम्मेदवारी परेको छ।

अध्यक्षका उम्मेदवार कँडेलले पनि आफुहरुको समूहले निर्वाचत जित्ने दावी गरेका छन्।

सुर्खेत उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिको चुनावका लागि दावी गरेका उम्मेदवारहरुको अन्तिम नामावली भने मंगलबार बेलुका निकाल्ने कार्यतालिका छ।
निर्वाचन कार्यतालिका अनुसार २०७९ वैशाख ४ गते बिहान ८ बजेदेखि बेलुका पाँच बजेसम्म मतदान तोकिएको छ।

हेर्नुहोस् हर्षविक्रम खड्का समूहको प्रतिबद्धता पत्रः