शुक्रबार, बैशाख १४, २०८१

पुस २७ गतेभित्र कर्णाली प्रदेशको सरकार गठन गर्न आह्वान

  
कर्णाली टाइम्स बिहीबार, पुस २१, २०७९


सुर्खेत। यही पुस २७ गतेभित्र कर्णाली प्रदेशमा सरकार गनठन गर्न आह्वान गरिएको छ। प्रदेश प्रमुख तिलक परियारले बुधबार २७ गते बेलुका पाँच बजेभित्र मुख्यमन्त्रीको लागि दावी पेश गर्न आह्वान गरेका छन्।
संविधानको धारा १६८ उपधारा १ बमोजिम प्रदेश सभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेकोले उपधारा २ बमोजिम बहुमत प्राप्त गर्नसक्र्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा मुख्यमन्त्री नियुक्तिको लागि दावी पेश गर्न आह्वान गरिएको हो।
४० सदस्यीय कर्णाली प्रदेश सभामा पाँच दल र एक स्वतन्त्र सांसद सहभागी छन्। सहभागी दलहरुमध्ये कसैले पनि एकलौटी सरकार गठन गर्नेगरी बहुमत ल्याएका छैनन्।
प्रदेश सभामा नेपाली काँग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना सांसद छन्। यस्तै राप्रपा र नेकपा (एस) बाट एक÷एक जना सांसद छन्। एकजना स्वतन्त्र सांसद कर्णाली प्रदेश सभामा सहभागी छन्।
केन्द्रको पछिल्लो सत्ता समीकरण अनुसार कर्णालीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको स्पष्ट बहुमत पुग्छ।
बहुमत पुगेपनि दुई दलमध्ये सुरुमा कसले सरकारको नेतृत्व लिने भन्ने विषय टुंगिएको छैन।