मंगलबार, बैशाख ४, २०८१

कर्णाली प्रदेश सभाको सभामुख माघ १ गते चयन गरिने

  
कर्णाली टाइम्स सोमवार, पुस २५, २०७९


सुर्खेत। कर्णाली प्रदेश सभाको सभामुख माघ १ गते चयन हुने भएका छन्। सोमबार बसेको प्रदेश सभाको दोस्रो बैठकबाट सभामुख चयनका लागि माघ १ निर्वाचनको समय तोकेको हो।
कर्णाली प्रदेश सभा नियमावली, २०७९ को नियम ७ बमोजिम प्रदेश सभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले माघ १ गते दिउँसो १ बजे निर्वाचन तोकेका हुन्।
निर्वाचन सम्पन्न गर्नका लागि प्रदेश सभा नियमावली, २०७९ को नियम ७ (१) बमोजिम प्रदेश सभा सचिवालयले सोमबार नै सूचना प्रकासन गरेको छ।

पुस ३० गतेदेखि सभामुख चयनको लागि निर्वाचन प्रक्रिया सुरु हुनेछ।

कार्यतालिका अनुसार ३० गते बिहान १०–११ बजेसम्म मतदाता नामावली प्रकाशन, ११ बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारको प्रस्ताव दर्ता, ५ बजेदेखि सवा ५ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन र सवा ५ देखि साढे ५ बजेसम्म उम्मेदवारको प्रस्ताप उपर दावी विरोधको समय तोकिएको छ।
माघ १ गते बिहान १० बजेदेखि साढे १० बजेसम्म उम्मेदवारको प्रस्ताव फिर्ता लिने समय तोकिएको छ। साढे १० देखि ११ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।
११ बजेदेखि सभाको बैठक सुरु हुनेछ। सोही बैठकबाट मत विभाजन र निर्वाचन परिणाम घोषणा गर्ने कार्यतालिका रहेको छ।