कर्णाली टाइम्स
मंगलबार, कार्तिक ६, २०८१
सुर्खेत। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरु कर्णाली प्रदेश यात्रा गरिरहेका छन्। मंगलबारदेखि नेताहरु कर्णाली प्रदेशको यात्रामा निस्किएका हुन्।
कर्णालीका कुरा सुन्न र आफ्ना कुरा भन्न भन्दै उनीहरु कर्णाली यात्रामा निस्केका हुन्।
उनीहरु कात्तिक ११ गतेसम्म कर्णालीका विभिन्न ठाउँमा पुग्नेछन्।
सल्यानको सल्लीबजार, कालिकोटको मान्म, सुर्खेतको बाबियाचौर, जुम्लाको गोठीजिउला, दैलेखको दुल्लु र मुगुको गमगढीमा कार्यक्रम आयोजना गर्दै अध्यक्ष लिङ्देनसहित नेताहरु पुग्नेछन्।
यात्रामा अध्यक्ष लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री कुन्ती शाही, सांसद ज्ञानेन्द्र शाही रहेका छन्।