आइतवार, पुस १३, २०८२

सुर्खेतमा गाडी दुर्घटनाः चार जनाको मृत्यु

  
कर्णाली टाइम्स शुक्रबार, कार्तिक २३, २०८१


सुर्खेत। सुर्खेतमा भएको गाडी दुर्घटनामा मृत्यु हुनेको सख्ंया चार पुगेको छ। बिहिबार दिउँसो दैलेखबाट सुर्खेत आईरहेको कर्णाली प्रदेश ०२००१ ख ९९८ नम्बरको हाईस सुर्खेत र दैलेखको सीमानामा पर्ने रातानाङ्लामा दुर्घटनामा परेको थियो।

दुर्घटनामा परि दैलेखको भैरबी गाउँपालिका–५ का गाडी चालक ३८ बर्षीय सुरेश केसी, भैरबी गाउँपालिका–२ का ३६ बर्षीय कर्णबहादुर विष्ट, भैरबी गाउँपालिका–२ कै १६ बर्षीया दीपिका महतारा र २१ बर्षीया संगीता विष्ट रहेका छन्।

गुडिरहेको गाडी सडकबाट अन्दाजी एक सय मिटर तल खसेको सुर्खेतका प्रहरी प्रमुख एसपी रुपेश खड्काले जानकारी दिए।

गाडीमा सवार ३३ जना यात्रुमध्ये ३० जना घाईते छन्। प्रहरीका अनुसार सबैको अवस्था मध्यम छ। घाईतेहरुको कर्णाली प्रदेश अस्पतालमा उपचार भईरहेको एसपी खड्काले जानकारी दिए।

गाडी कसरी दुर्घटना भयो भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।